सुनवलमा नदीजन्य पदार्थ चोरी गर्ने टिप्परलाई ३ लाख जरिवाना – Nepal Press

सुनवलमा नदीजन्य पदार्थ चोरी गर्ने टिप्परलाई ३ लाख जरिवाना

रुपन्देही । पश्चिम नवलपरासीको सुनवलमा नदीजन्य पदार्थको चोरी गर्दा ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ । सुनवल १३ बडेरा खोलामा नदीजन्य पदार्थको चोरी गर्दै गरेरे नदीजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा पानभारबाट ३ वटा टिप्परहरु नियन्त्रण लिइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

बुधबार सुनवल नगरपालिका वडा नं। १३ स्थित बडेरा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा) लोड गर्दै गरेको अवस्थामा फेला पारी तीन वटा टिप्परहरू नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका लु २ ख ३८६०, प्र. (०२)०३००१ ख ६३२७ र प्र. (०२) ०३००१ ख ४६६८ नम्बरका ३ वटा टिप्परलाई उक्त जरिवाना तिराइएको हो । एक बिल्डर्स कम्पनीमा उक्त पदार्थ पुर्याउन थालिएको खुल्न आएको छ । जिल्लामा नदीजन्य पदार्थको चोरी निकासी बढेको गुनासो आइरहेको समयमा चोरी गर्दा गर्दै ३ वटा टिप्परहरु नियन्त्रणमा परेका हुन् ।

नदीजन्य पदार्थको चोरी निकासी गर्नेहरुलाई केही राजनितीक दलका स्थानिय नेतृत्वले संरक्षण गर्दै आइरहेको स्थानीयको गुनासो रहेको छ । सुनवल,प्रतापपुर र बर्दघाटमा नदीजन्य पदार्थ खुलेयाम चोरीनिकासी भएपछि पछिल्लो समय सम्बन्धित निकायहरूले यसतर्फ नियन्त्रणको चासो बढाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर