एमालेमा कार्यविभाजन : यी नेताले पाए जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी (सूचीसहित) – Nepal Press

एमालेमा कार्यविभाजन : यी नेताले पाए जिल्ला र पालिका इन्चार्जको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो । नेकपा एमालेको सचिवालय बैठकले प्रदेश प्रदेश, जिल्ला र पालिकाहरूमा इन्चार्ज तोकेको हो ।

प्रदेशमा सचिवहरूलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै जिल्लाको इन्चार्जमा स्थायी कमिटी, पोलिटब्युरो र अपुग भएको स्थानमा सांगठनिक अनुभव भएका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै बागमती प्रदेशलाई विशेष व्यवस्था अन्तरगत समन्वय गरिने प्रस्ताव गरिएको एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।

केन्द्रीय सदस्यहरूलाई कुनै न कुनै तहको भूगोलको जिम्मेवारी दिइएको छ ।

प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएकाहरूलाई आफ्नो भूगोल बाहिर र केन्द्रीय सदस्यहरूलाई आफ्नो पालिका बाहिरको जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर