रोष्टमबाट अर्थमन्त्री महतको रोदन- यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ (भिडिओ) – Nepal Press

रोष्टमबाट अर्थमन्त्री महतको रोदन- यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गरेको दाबी गरेका छन् । बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्न भएको आरोप लागेपछि उनले यस्तो बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ। इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले एउटा न्यूज पटक पटक दोहोर्याउँछ । र, त्यसैलाई हामी सत्य ठान्छौं । तर, वास्तविकता कुनै प्रभावनका मुक्त भएर मैले काम गरेको छु ।’

आफू अर्थमन्त्री भएको दिनदेखि नै कुनैपनि प्रभावबाट मुक्त भएर काम गर्ने प्रतिबद्धताको साथ अघि बढेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर