एमाले गण्डकी प्रदेश प्रमुख सचेतकमा नेपाली मनोनीत – Nepal Press

एमाले गण्डकी प्रदेश प्रमुख सचेतकमा नेपाली मनोनीत

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रमुख सचेतकमा बागलुङका गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् ।

संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई सोमबार प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।

यसअघि नवलपुरका रोशनबहादुर गाहा थापा प्रमुख सचेतक थिए । उनी मन्त्री भएपछि उक्त पद खाली थियो । सो पदमा समानुपातिक सांसद नेपाली मनोनीत भएका हुन् ।

प्रदेशसभा सदस्य नेपाली गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर