चलचित्र ‘फनफनी’को निर्माण घोषणा, लक्ष्मण सुनारले निर्देशन गर्दै – Nepal Press

चलचित्र ‘फनफनी’को निर्माण घोषणा, लक्ष्मण सुनारले निर्देशन गर्दै

काठमाडौं । नयाँ चलचित्र ‘फनफनी’ निर्माण हुने भएको छ । निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको सिनेमा ‘बुलाकी’पछिको दोस्रो प्रस्तुती हो ।

गत वैशाख १ मा प्रदर्शित बुलाकीमा राम्रो सम्भावना देखाएका सुनारले ‘फनफनी’ निर्देशन गर्न लागेका हुन् ।

सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएसँगै थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो ।

चलचित्रमा अभिनेता आर्यन अधिकारीलाई अनुबन्धित भएका छन् भने अन्य आवश्यक कलाकारको छनोट भइरहेको छ ।

कमेडी तथा पारिवारिक कथामा निर्माण हुन लागेको सिनेमालाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले निर्माण गर्दैछन् । यसअघि उनीहरुले सिनेमा ‘लाखे’को निर्माण गरेका थिए ।

करिब २ करोड लागतमा निर्माण हुन लागेको सिनेमाको नेपाल, अष्ट्रेलिया, क्यानडा र भारतमा छायांकन हुनेछ ।

तिहारपछि सिनेमाको छायांकन सुरु गर्ने तयारीमा निर्देशक सुनार छन् ।

ग्लोबल मिडिया रिसर्च सेन्टरको प्रस्तुतीमा बन्न लागेको सिनेमामा निर्देशक सुनार स्वयंले कथा लेखिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर