नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अभिव्यक्ति श्रृंखलामा किरण गुरुङको एकल सांगीतिक कोसेली – Nepal Press

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अभिव्यक्ति श्रृंखलामा किरण गुरुङको एकल सांगीतिक कोसेली

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १४औं अभिव्यक्ति श्रृंखला सम्पन्न गरेको छ । फोल्कस्टोनस्थित नविन्तन भिलेज हलमा भएको कार्यक्रममा गायक, संगीतकार, निर्देशक तथा समाजसेवी धन ‘किरण’ गुरूङलाई नेपाली टोपी र ताम्र पत्रले सम्मान गरिएको हो ।

झन्डै दुई घण्टाको कार्यक्रममा गुरुङले १५ वटा गीत प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्व र गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतित्थ्य रहेको कार्यक्रममा केन्ट काउन्टी काउन्सेलर रोरि लव विशेष अतिथि थिए ।

कार्यक्रममा वरिष्ठ संगीतकार गणेश गुरुङ, निर्देशक प्रभु गुरुङ, गायक तथा संगीतकार बिसी राई, हिमालयन ब्याण्डका ड्रमर राजिब राईलगायतका स्रष्टा सहभागी थिए ।

विसं २०३८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका गायक धन ‘किरण’ गुरूङले ४ सयजति गीत गाइसकेका छन् । गोर्खा पल्टनमा आवद्ध भएपछि उनले सन् १९८७ मा गाएको ‘डाडाँपारीको त्यो गाउँमा’ बीएफबीएस गोर्खा रेडियो हङकङमा गाएपछि चर्चित बने । पपस्टार नोर्देन तेन्जिङ भुटिया लगायतको हिमालयन व्याण्ड सन् १९९० बाट गुरूङले हिमालयन व्याण्ड २ नामले सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति श्रृंखलामार्फत एकजना स्रस्टालाई मञ्च प्रदान गरी उनको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर