नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए, केशवलाल पनि च्यासल पुगे – Nepal Press

नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए, केशवलाल पनि च्यासल पुगे

काठमाडौं । नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने पार्टी विभाजनको दुई वर्षपछि नेकपा एमालेमा फर्किएका छन् । केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।

सोही अवसरमा नेकपा एसका उपाध्यक्ष केशवलाल श्रेष्ठ पनि च्यासलमा थिए । उनले आफू विगतका तीतामीठा भुलेर एमालेले एकीकृत कम्युनिष्ट आन्दोलन पुनःनिर्माणको अगुवाइ गरोस् भन्ने प्रस्ताव लिएर गएको बताए ।


प्रतिक्रिया

One thought on “नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए, केशवलाल पनि च्यासल पुगे

  1. अब एसका नेता कार्यकर्ता एमालेमा आउने र दलालजति एस मै बस्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर