प्रधानमन्त्रीको प्रष्टीकरण- भारतसँग राष्ट्रिय हितविपरीत कुनै सम्झौता गरिनेछैन (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको प्रष्टीकरण- भारतसँग राष्ट्रिय हितविपरीत कुनै सम्झौता गरिनेछैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको राष्ट्रिय हितविपरीत कुनै सम्झौता र सहमति नगरिने बताएका छन्।

नेकपा माओवादीनिकट प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै भारत भ्रमण विशेष हुने बताए।

उनले भने, ‘बजेट लगत्तै १७ गते भारत भ्रमण गर्दै छु। त्यसलाई विशेष हुन्छ भन्ने मैले बुझेको छु। हामी पनि भारत भ्रमणलाई सफल बनाउने नेपालको राष्ट्रिय हित र जनतालाई सम्बोधन गर्ने भ्रमण बनाउने मेहनत गरेका छौँ। व्यापार पारवहन सम्बन्धी २०१९ देखि रोकिएर बसेको छ। त्यसलाई खुला गर्ने विश्वास लिएको छु।’

धेरै वर्षदेखि अरू एयररुट विषयमा कुरा उठाइरहेकाले भ्रमणको क्रममा छलफल गर्ने बताए।

उनले भने, ‘एयर रुटको विषयमा पनि केही न केही ब्रेक थ्रु हुने विश्वाससहित जाँदै छु। पञ्चेश्वर बहुआयामिक परियोजना पनि अगाडि बढाउनेबारे महत्त्वपूर्ण समझदारी हुने सम्भावना छ। यस्तै बोर्डको समस्यामा लगायतको समस्या समाधान गर्ने पहल हुने भएकाले अरू बेलाको भन्दा महत्त्वपूर्ण हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर