स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन- २ को उपाधि – Nepal Press

स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन- २ को उपाधि

काठमाडौं । द भ्वाइस किड्स नेपाल सिजन २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा उपाधिका लागि ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

उनी टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका थिए । यसअघि सिजन १ को उपाधि पनि टीम प्रमोदको टीमबाट विजेता भएका थिए ।
उपाधिसँगै सुब्बाले नगद १५ लाख रूपैयाँ र अरू थुप्रै पुरस्कार जितेका छन् ।

उनलाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर