५६ दिनमा सकियो भष्मे डनको छायांकन, फूलपाती रिलिज डेट – Nepal Press

५६ दिनमा सकियो भष्मे डनको छायांकन, फूलपाती रिलिज डेट

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद २-भष्मे डन’ को छायांकन सकिएको छ । पशुपति मन्दिरबाट शुभ मुर्हूत गरी सुरु गरिएको छायांकन ५६ दिनमा सकिएको हो ।

चलचित्रको इन्ड क्ल्यापपछि निर्देशक र निर्माताले सम्पूर्ण टीमप्रति आभार प्रकट गर्दै छायांकन सकिएको जानकारी दिएका हुन् । चलचित्र यसै वर्षको फूलपातीबाट प्रदर्शनमा आउनेछ ।

‘पशुपति प्रसाद २-भष्मे डन’ सात वर्षअघि सुपरहिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण हो । पहिलो संस्करणमा नायक विपीन कार्कीले निभाएको भष्मे डनको पात्र चर्चित भएपछि दोस्रो संस्करणलाई ‘पशुपतिप्रसाद २-भष्मे डन’ नाम दिइएको हो ।

यस संस्करणमा नायिका स्वस्तिमा खड्का र नायक सौगात मल्लको इन्ट्री भएको छ। पहिलो संस्करणमा देखिएका नायक तथा लेखक खगेन्द्र लामिछाने र नायिका वर्षा सिवाकोटीको पनि चलचित्रमा अभिनय रहेको छ । चलचित्रमा वर्षाको जोडीको रुपमा खगेन्द्र लामिछाने छन् । चलचित्रका लेखक तथा निर्माता पनि उनी स्वयं नै हुन् ।

चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर