गायक प्रदीप कार्कीले बेलायतबाट ल्याए ‘तै मायाको’ (भिडिओ) – Nepal Press

गायक प्रदीप कार्कीले बेलायतबाट ल्याए ‘तै मायाको’ (भिडिओ)

काठमाडौँ । डेढ दशकदेखि बेलायतमा रहँदै आएका गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाको’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । लोकप्रिय संगीतकार दीपक शर्मा र गायक कार्कीको यो दोस्रो सहकार्य हो ।

जसमा दीपक शर्माको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा रिकेश गुरुगंको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सगं तथा मास्टरिङ रहेको छ । डान्सिगं शैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक प्रेम जोडीको प्रेम कहानीलाई देखाएको छ ।

मोडल सुनिल क्षेत्रीको बेजोड अभिनय रहेको तै मायाको निर्देशन पनि उनले नै गरेका हुन् । जसमा अभिनयमा सुनिललाई अर्की सुन्दरी मोडल एलिशा शर्माले साथ दिएकी छिन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानल प्रदीप कार्कीबाट बजारमा आएको हो । गायक कार्कीका यसअघि सुनै सुनको तिलहरी, यो जिन्दगी, मेरा लागि तिमी भन्दा, बिचै बाटो, लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् । उनको आविश्कार नामक एल्बमले राम्रो चर्चा कमाएको थियो ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर