गीतकार ‘नन्दु’ले ल्याए ‘तिम्रो यादमा’ बोलको गजल (भिडिओ) – Nepal Press

गीतकार ‘नन्दु’ले ल्याए ‘तिम्रो यादमा’ बोलको गजल (भिडिओ)

काठमाडौँ । ‘तिम्रो यादमा’ बोलको गजलको भिडिओ रिलिज गरिएको छ । मनोरथ कटेल ‘नन्दु’को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ ।

गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।

पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् ।

अमेरिकामा रहेका गीतकार ‘नन्दु’का यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार ‘नन्दु’ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर