नेपाली कथानक चलचित्र ‘सानीमाया’ को सुटिङ ज्येष्ठ दोस्रो हप्ताबाट – Nepal Press

नेपाली कथानक चलचित्र ‘सानीमाया’ को सुटिङ ज्येष्ठ दोस्रो हप्ताबाट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सानीमाया’को शुभ मुर्हूत गरिएको छ। ८८४८ इन्टरटेनमेन्ट प्रा.ली.को प्रस्तुति तथा धिमाल फिल्मसको निर्माणमा बन्न लागेको चलचित्रको नेपाल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले शुभ मुर्हूत गरेका हुन्।

कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए । नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा ‘सानीमाया’ फिल्मले चलचित्र क्षेत्रमा एक इट्टा थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले फिल्ममा धेरै कलाकारहरू नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण यो सानीमाया चलचित्र बाट देखिने कुरामा विश्वास व्यक्त गरे ।

उनले भने, ‘नयाँ बाटै पुरानो हुने हो, यस कारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरूको संयोजनले चलचित्र सफल हुने विश्वास व्यक्त गरेका छौँ।’

राज चौधरी निर्माता रहेको यस चलचित्रमा रामचन्द्र अधिकारी, शारदा गिरि, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाँल, कृष्णप्रसाद धिताललगायत कलाकारको अभिनय रहेको छ । ज्येष्ठको दोस्रो हप्ता बाट शुटिङ हुने निर्माण पक्षले जनाएको छ ।

ओ.यस.आर. डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ ।

शुभ मुर्हूत कार्यक्रममा चलचित्र कलाकार सघंका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओ.एस.आर. डिजिटलका प्रोप्राइटर ॐ प्रकाश अग्रवाल, नायक सविन श्रेष्ठलगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर