चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी विवाह बन्धनमा – Nepal Press

चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी विवाह बन्धनमा

काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी आज विवाह वन्धनमा बाँधिएकी छन् ।

तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् ।

अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् । अस्मिताकै घरमा आज उनीहरुको धुमधामले विहे भइरहेको छ । विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् ।

अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट भएपछि काठमाडौंमै बसेर आफूलाई अगाडि बढाइन् । दोहोरी च्याम्पियनबाट हिट भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी अहिले मेला महोत्सवमा सर्वाधिक खोजिने दोहोरी गायिकामा पर्छिन् ।

गोदार भने अहिले पनि चितवनकै दोहारी साँझमा काम गरिरहेका छन् । उनी फोकस नेपाल नामको युट्यूव च्यानल पनि चलाउँछन् । उनले विगतमा भाग्य न्यौपानेसँग केही समय सहकार्य गरेका थिए ।

अस्मिता र गोदारले चाँडै पञ्चेवाजा नामक गीत ल्याउने तयारी गरेका छन् । अस्मिता धादिङकी र गोदार तनहुँका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर