रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’को प्रसारण सुरु – Nepal Press

रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’को प्रसारण सुरु

काठमाडौं । रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’ प्रसारणमा आएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइएको हो । खेमनाथ खनालको निर्देशन रहेको ‘किच किच’ प्रत्येक बिहीबार रन लामा युट्युब च्यानलमा प्रशारण हुनेछ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा निर्माण गरिएको सिरिजले दर्शकको माया पाउने निर्माण टिमको विश्वास छ । वेब सिरिजमा इन्द्रजित शर्मा चौलागाई, रन लामा, तुलसा पहाडी, आकृति न्यौपाने, निरंजन दंगाल, रमेश पराजुली, अनु खड्का, सुशिल यस मगर, रोनिशा अधिकारी, अन्जली बिसी लगायतको अभिनय छ ।

शिर्ष गीतका डिपी खनालको शब्द र मानशी किरणको संगीत छ । गीतमा गंगा गजमेरको स्वर सुन्न सकिन्छ। दिनेश पराजुलीको छायांकन रहेको सिरिजलाई संजय अधिकारी सम्पादन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर