‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ले कटायो २ करोड भ्युज – Nepal Press

‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ले कटायो २ करोड भ्युज

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ बोलको गीतले २ करोड भ्युज कटाएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीत ३ महिना नपुग्दै २ करोड पटक हेरिएको हो ।

‘दर्शन सलाम’ चलचित्र रिलिज हुनुभन्दा एक महिनाअघि सार्वजनिक भएको थियो । गीतले सार्वजनिक भएको १५ घण्टामै अनमोल स्टारर चलचित्र ‘छड्के २’ को ट्रेलरलाई समेत उछिन्दै ट्रेन्डिङ नम्वर १ मा पर्न सफल भएको थियो ।

सुरुवाती दिनबाटै सकारात्मक प्रतिक्रिया बटुलेको गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् । चलचित्र रिलिजपूर्व नै गीत टिकटकमा हिट भएको थियो ।

यता चलचत्रिले पनि ५१ दिन पुगेको खुशीयालीमा हिजो राजधानीमा भव्य समारोह आयोजना गरेको थियो । चलचित्रले ५१औं दिन मनाइरहँदा यो गीतले पनि २ करोड भ्युज बटुल्न सफल भएको छ ।

गीतमा डेबिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएका छन् । राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । हेमराज बिसीको निर्देशन रहेको भिडिओमा नरेन्द्र मैनालीको छायाँकन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर