चलचित्र ‘बहाव’ को टिकट काट्ने एक जोडीलाई थाइल्यान्डको टुर – Nepal Press

चलचित्र ‘बहाव’ को टिकट काट्ने एक जोडीलाई थाइल्यान्डको टुर

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ यहीँ चैत्र २४ बाट देशभर एकसाथ लाग्दैछ । चलचित्र प्रदर्शन मिती नजिकिँदै गर्दा यति बेला यस चलचित्रका निर्माण टोली प्रचार प्रसारमा व्यस्त छन् ।

रिलिज अघि चलचित्र चलाउन आज भोली विभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ। त्यस्तै ‘बहाव’ का निर्माण पक्षले पनि बहावको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन् ।

पुरस्कार जित्नका निम्ति चलचित्र ‘बहाव’को टिकट खल्ती एपमार्फत काट्नुपर्ने छ। खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के.वाइ.सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ ।

खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली जोडीले एम.डी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । साथै खल्ती एपबाट टिकेट काट्दा प्रोमोकोड–बहाव प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सकिनेछ ।

दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रोमोसनको लागि निकै नै प्रभावकारी हुने चलचित्रका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ ।

बिजेता छनोट भने चलचित्र प्रदर्शन सकिएको २ हप्ता पछि खल्तीको अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ। सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ ।

नियम र शर्तहरू:

–विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।

–टूर प्याकेज घोषणाको मितिदेखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ ।

–यो प्याकेज अरुलाई दिन योग्य हुने छैन ।

–विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछ ।

–थाइल्याण्ड भिसाको लागि आर्थिक र अन्य कागजातको जिम्मेवारी विजेता स्वयमको हुनेछ ।

–भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम्ले बेहोर्नु पर्ने छ ।

केही दिन अगाडि चलचित्र ‘बहाव’ को ए.आई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर