ओलीको टिप्पणी- कांग्रेसले इमान मान्दैन, माधव नेपाललाई लाज लाग्दैन (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- कांग्रेसले इमान मान्दैन, माधव नेपाललाई लाज लाग्दैन (भिडिओ)

‘कांग्रेसले बेइमानीमात्रै गर्छ भन्ने कुरा मैले सानैदेखि थाहा पाएको हुँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लाज नभएको मान्छे भएको टिप्पणी गरेका छन् । सोमबार मिसन ग्रास रुटअन्तर्गत गुल्मीमा पुगेका ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले माधव नेपालले फाटोवादी पूँजीवादी पार्टी खोलेको बताए । ओलीले भने, ‘‘नाम एकीकृत समाजवादी राखेका छन् । पार्टी चैं फाटोवादी पूँजीवादको पछाडि पछाडि लखुरलुखुर हिँड्ने । पूँजीवादका पछाडि हिँडेर नाम चैं समाजवादी राखेका छन् । हाम्रा गाउँमा धनबहादुर भन्ने गरिब मान्छे थिए । एउटा बलबहादुर भन्ने थिए फुके डन । नामले हुँदैन रहेछ ।’

उनले संविधान बनाएपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि कांग्रेसले नमानेको बताए ।

अध्यक्ष ओलीले भने, ‘कांग्रेसले इमान मान्दैन भनेर सुशील कोइराला इमानदार सोझा व्यक्ति भनिन्थ्यो । तर, केका सोझो हुनु । परेका बेला मलाई सम्झौता नै याद छैन भने । हाम्राविरुद्ध उनी विदेशीको उम्मेदवार भएर उठेका थिए ।’

कांग्रेसले पहिलेदेखि नै बेइमानी गर्नसक्छ भन्ने कुरा आफूले सानैदेखि थाहा पाएको उनको भनाइ थियो । ‘म राजनीतिमा लागेको ५८ वर्ष भयो । सानैदेखि कांग्रेस बदमास छ, फटाहा छ भन्ने कुरा थाहा पाएको हो’, उनले भने, ‘हामीले अरु पनि विकल्प तयार गरेको भएकाले त्यसबेला कांग्रेस र सुशील कोइरालालाई पराजित गर्न सक्यौं र सरकार बनायौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर