कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै – Nepal Press

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर