सिंगापुरमा अमेजनले क्लाउड पुर्वाधार विस्तारका लागि करिब ९ बिलियन डलर खर्च गर्दै – Nepal Press

सिंगापुरमा अमेजनले क्लाउड पुर्वाधार विस्तारका लागि करिब ९ बिलियन डलर खर्च गर्दै

काठमाडौं । अमेजनले सिंगारपुरमा क्लाउड पुर्वाधारहरु विस्तारका लागि करिब ९ लिबियन डलरको खर्च गर्ने भएको छ । विश्वको छैटौ ठुलो कम्पनी अमेजनको अमेजन वेब सर्भिस(एडब्लूएस)ले सिंगारपुरमा क्लाउड कम्प्युटिङ पुर्वाधार विस्तारका लागि ८.८७ बिलियन डलर खर्च गर्ने रोयटर्सले उल्लेख गरेको हो ।

रोयटर्सका अनुसार अमेजन वेब सर्भिस(एडब्लूएस) ले ५ वर्षमा करिब ९ बिलियन डलर खर्च गरेर सिंगापुरमा आफ्नो क्लाउड इन्फ्रास्ट्रक्चर विस्तार गर्नेछ । एडब्लूएसले अहिले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) र जेनेरेटिभ एआई सम्बन्धी काम गरिरहेको छ ।

सन् २०२३ सम्ममा मात्रै अमेजनले एसिया प्यासिफिक क्षेत्रमा ११.५ बिलियन डलर लगानी गरिसकेको छ । भने, सन् २०२८ सम्ममा ओजनले २३ बिलियन डलरभन्दा बढी खर्च गर्ने उल्लेख गरिएको छ ।

इन्टरनेटमार्फत हामीलार्य सर्भर, स्टोरेज, डेटाबेस, सफ्टवेयर, एनालिटिक्स, इन्टेलिजेन्स, नेटवर्किङ उपलब्ध गाउने काम क्लायड कम्प्युटिङमार्फत नै हुने गर्दछ । क्लाउड कम्प्युटिङ भनेको अनलाइनबाट गरिने सबै अपार्दशी कामहरु हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *