संसद गतिरोध हटाउन सभामुखले बोलाएको शीर्ष बैठक सुरु (तस्बिरहरू) – Nepal Press

संसद गतिरोध हटाउन सभामुखले बोलाएको शीर्ष बैठक सुरु (तस्बिरहरू)

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन बोलाएको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित सभामुखको प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका प्रमुख सचेतक पनि सहभागी छन्।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन ।

सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्य व्यवस्थामा अलग अलग छलफल भएको थियो ।

संसदको वर्षे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर