पूर्वअध्यक्ष डा. लोहनीको अध्यक्षतामा राप्रपाले गठन गर्‍यो केन्द्रीय निर्देशन समिति – Nepal Press

पूर्वअध्यक्ष डा. लोहनीको अध्यक्षतामा राप्रपाले गठन गर्‍यो केन्द्रीय निर्देशन समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

प्रवक्ता मोहन कुमार श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रीय निर्देशन समितिको गठन गरिएको जानकारी दिए ।

समितिमा विधान बमोजिम सबै पदेन सदस्य रहनेछन् । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष र महामन्त्रीहरु, वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा पनि समितिमा रहनेछन् ।

त्यस्तै, अन्य सदस्यहरुमा केन्द्रीय नेताहरु रामकुमार सुब्बा, जयन्त चन्द र उद्दव पौडेल तथा आमन्त्रि सदस्यहरुमा कोषाध्यक्ष निलकण्ड काफ्ले र ऋषिबाबु परियार रहने प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर