प्रहरीले नियन्त्रणमा लिएको पेस्तोल ‘नक्कली’ पुष्टि भएपछि…. – Nepal Press

प्रहरीले नियन्त्रणमा लिएको पेस्तोल ‘नक्कली’ पुष्टि भएपछि….

कैलाली । दार्चुला प्रहरीले शनिबार पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको थियो । जिल्लाको महाकाली नगरपालिका-९ स्थित सकार खेल मैदानबाट १५ वर्षीय किशोरलाई प्रहरीले उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

खेलमैदानमा युवाहरूबीच भएको विवादका क्रममा ती किशोरले पेस्तोल देखाएका थिए । प्रहरीले त्यही पेस्तोलसहित उनलाई पक्राउ पनि गर्‍यो । तर, युवकसँग रहेको उक्त पेस्तोल नक्कली रहेको पुष्टि भयो ।

उक्त पेस्तोल नक्कली पुष्टि भएपछि ती किशोरलाई आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

‘स्कुले केटाहरूको लफडा हुँदा ती किशोरले पेस्तोल देखाएछन् । त्यसपछि बन्दुकधारी भनेर ल्यायौं । तर, अनुसन्धान गरेर हेर्दा उक्त पेस्तोल नक्कली भएको खुल्यो । त्यो खेलौना रहेछ’, प्रहरी निरीक्षक गाहा मगरले भने, ‘भारतमा त्यसलाई ‘एयर पेस्तोल’ भनिँदो रहेछ । नक्कली पेस्तोल भन्ने पुष्टि भएपछि ती युवालाई रिहा गर्‍यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर