भावी राष्ट्रपतिमा पशुपतिशमशेर राणालाई किन चयन नगर्ने ? – Nepal Press

भावी राष्ट्रपतिमा पशुपतिशमशेर राणालाई किन चयन नगर्ने ?

नेपाली राजनीतिमा यतिवेला राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक पार्टीका नेताहरु आन्तरिक गृहकार्यमा व्यस्त छन् । राष्ट्रपति एउटा पदमात्र होइन । संविधानको संरक्षक, सबैको अभिभावक, कानूनको रक्षक, सेनाको परमाधिपति र प्रथम नागरिक पनि हो । भारतको जस्तो लोकतन्त्र अपनाएको नेपालले राष्ट्रपति चाहिँ दलभन्दा बाहिर गएर निर्वाचित गराएको इतिहास छैन । यद्यपि राष्ट्रपतिका लागि दलीयभन्दा बाहिरका नामहरु सार्वजनिक नभएका होइनन् । किनभने राष्ट्रपतिको गरिमा र यसको महत्व कांग्रेसले नबुझेको होइन ।

निर्वाचनअघि एमालेलाई एक्लाएर सबैतिर गठबन्धन गर्दै अगाडि बढेको कांग्रेसले निर्वाचनपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन इन्कार गर्दै राजनीतिक बेइमानीमात्र नगरेर उसले संविधान र राजनीतिलाई नै खाडलमा हाल्ने उद्देश्यले संविधानको धारा ७६ (३) अनुसार सरकार गठन गर्ने र ठूलो दलको हैसियतले सरकार आफैंले चलाउने अभियानमा लाग्यो । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा निरन्तर हुने रणनीति बुझेपछि गुरिल्ला शैली अपनाएर एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन जुटाएको सर्वविदितै छ ।

सरकार र प्रधानमन्त्री आफ्नो हातबाट गुमेपछि राष्ट्रपतिको महत्व बुझेको कांग्रेसले प्रचण्ड रिझाउनमात्र लागेन उसले विश्वासको मत पनि प्रचण्डमाथि खन्याउन पुग्यो ताकि राष्ट्रपतिमा माओवादी केन्द्रको मत तान्न सकिएला वा एमाले माओवादी गठबन्धन तोड्न सकिएला भन्ने ध्येय कांग्रेसमा रह्यो । कांग्रेसको यस खेललाई चतुर नेता केपी ओलीले नबुझ्ने कुरै भएन । त्यसैले उनले संसदमा ‘कांग्रेसले माछाको लागि ढोक्सा थापे पनि त्यसमा माछा पर्नेवाला छैन’ भनिसके ।

नेपाली जनताले कांग्रेसलाई पटक-पटक अभिमत दिएर जिताए पनि आफ्नै पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ नहुनु र भित्रभित्रैको लडाइँमा नेपाली राजनीतिलाई प्रभाव पार्नु दुर्भाग्य हो । इतिहासदेखि मातृका र बीपीबीचको टकराव, बीपी, सूर्यप्रसाद उपाध्याय र सुर्वण शमशेरबीचको टकरावका कारण राजाले मौकाको फाइदा उठाउँदै तीसवर्षे पञ्चायती व्यवस्था लाद्न पुगेका हुन् ।

विगतलाई हेर्दा केपी ओली र एमालेविरुद्ध कांग्रेस नेतृत्वमा माओवादी केन्द्रलगायत बनेको गठबन्धन र त्यस गठबन्धनलाई सर्वोच्चबाट कानूनी मान्यतामात्र दिलाउन नभई सरकारै गठन गर्न आदेश दिने पत्रहरुका ड्राफ्ट गर्ने पात्र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ भए पनि आदेश यही नै हुन्छ भन्ने कुरा आदेश हुनु दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुग्लिङमा पत्रकारहरुसँग सार्वजनिक गरेका थिए । त्यसैले त्यो सरकार अमेरिकी लबीको थियो भन्नेमा द्विविधा छैन । त्यसैले एमाले अध्यक्ष केपी ओलीले यस सरकारलाई नेपालीले बनाएको आफ्नै सरकार हो भन्नु परेको हो ।

यद्यपि गणतन्त्रको पहिलो राष्ट्रपति कांग्रेसले पाइसकेको छ । २०६४ मा पहिलोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मागत कटुवाललाई अपदस्थ गर्दा राष्ट्रपति रामवरण यादवले पुनर्बहाली गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपरेको तीतो यथार्थ प्रचण्डभित्र छ भने राष्ट्रपतिको शक्तिको स्वाद कांग्रेसले पाइसकेको छ । दोस्रोपटक पनि कांग्रेसको आँखा राष्ट्रपतिमा परे पनि एमाले-माओवादीको एकताका कारण कांग्रेस पाखा लाग्नुपरेको थियो ।

आधा दशकजसो सत्ता बाहिर बस्न पुगेको कारण छटपटिएको कांग्रेसलाई अदृश्य शक्ति र अदालतबाट अकस्मात आइपरेको सत्ताको फाइदा उठाउँदै नागरिकताजस्तो संवेदनशील विषय दुई-दुई पटकसम्म राष्ट्रपतिबाट प्रमाणित नभएपछि मुच्र्छित अवस्थामै चुनावमा होमिन पुगेको हो । तर पनि कांग्रेसले बहुमत नपाएपछि बेहोस हुनु स्वाभाविक थियो । यही बेहोसीमै उसले आफ्नो गन्तव्य प्रतिपक्ष वा सत्तापक्ष भुल्न पुगेर असंवैधानिक बाटो अपनाउँदै प्रचण्डलाई विश्वासको मत दिनु परेको हो । त्यसैले संसदमा प्रतिपक्षको स्थान नेपाल मजदुर किसान पार्टीले माग्नु अन्यथा होइन ।

नेपाली राजनीतिको विडम्बना नै मान्नुपर्दछ । नेपाली जनताले कांग्रेसलाई पटक-पटक अभिमत दिएर जिताए पनि आफ्नै पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ नहुनु र भित्रभित्रैको लडाइँमा नेपाली राजनीतिलाई प्रभाव पार्नु दुर्भाग्य हो । इतिहासदेखि मातृका र बीपीबीचको टकराव, बीपी, सूर्यप्रसाद उपाध्याय र सुर्वण शमशेरबीचको टकरावका कारण राजाले मौकाको फाइदा उठाउँदै तीसवर्षे पञ्चायती व्यवस्था लाद्न पुगेका हुन् । यसैगरी गिरिजा, कृष्णप्रसाद भट्टराई र गणेशमानबीचको टकरावका कारण शेरबहादुर देउवाको उदय भयो ।

यो देशमा कांग्रेस पार्टी हुनुमा दुर्भाग्य होइन । तर, कांग्रेस पार्टीभित्रका नालायकी, अदूरदर्शी नेता हुनु दुर्भाग्य हो । जसको परिणाम संसदमा विश्वासको मत दिँदा देखियो । ऊ न सत्ता पक्ष छ न त विपक्षी । विचरा कांग्रेस !

एकातिर प्रजातन्त्रको बारम्बार घाँटी निमोठियो भने अर्कोतिर राजनीतिक उथलपुथल, सांसद किनबेच, लाउडा, सुरा-सुन्दरी अनेक काण्डमा कांग्रेसले राजनीतिलाई लगेर धकेलियो जसका कारण माओवादी द्वन्द्व हुन पुग्यो । माओवादी जंगल पस्यो । त्यसयता देशले आफ्ना विकासका संरचनाहरु गुमाउन पुग्यो । देशको ब्रेन, योजना र बजेट माओवादी द्वन्द्व समाधानमा खर्चिन पुग्नाले विकास ठप्प हुन पुग्यो ।

अहिले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कोइराला पक्षबीचका टकरावका कारण झण्डै गुम्न लागेको नेपाली राजनीतिको लगाम वेलैमा ओलीले समाउन पुगे । समालिने ठाउँमा पुग्यो । यो देशमा कांग्रेस पार्टी हुनुमा दुर्भाग्य होइन । तर, कांग्रेस पार्टीभित्रका नालायकी, अदूरदर्शी नेता हुनु दुर्भाग्य हो । जसको परिणाम संसदमा विश्वासको मत दिँदा देखियो । ऊ न सत्ता पक्ष छ न त विपक्षी । विचरा कांग्रेस !

तर, यतिवेला कांग्रेसले सभामुख गुमाएको छ । संवैधानिक हिसाबले कांग्रेसले प्रमुख प्रतिपक्ष पनि गुमाउने हो । जुन जायज छ । सँगसँगै राष्ट्रपतिको चुनावका लागि उसले मुख मिठ्याइरहेको छ । कांग्रेसले सहमतिमा राष्ट्रपति पाउने हो भने उसले पार्टीभित्रकै कोही कसैलाई अगाडि सार्नेछ भने यदि जितिन्न र पाइन्न भन्ने भयो भने उसले लोक रिँझ्याइका लागि पार्टी बाहिरका चर्चित पात्रहरुलाई अगाडि सार्नेछ । ताकि उसको व्यक्तित्वलाई सहिद बनाउन पाइयोस् भन्ने एकातिर हुन्छ भने अर्कोतिर जनताको सहानुभूति आफूतिर होस् भन्ने कांग्रेस चाहन्छ ।

सहमति, सहकार्यको राजनीति कांग्रेसले चाहेकै हो भने दलभित्रैबाट राष्ट्रपति खोजिनुपर्दछ । त्यो व्यक्ति पशुपतिशमशेर राणा हुन सक्छन् । राणाले नेपाली राजनीति, लोकतन्त्रमा योगदान गरेकै छन् । सुवास नेम्वाङ वामपन्थी खेमाका भएकाले नेपाली कांग्रेसलाई अमान्य हुनसक्ला । तर, राणा लोकतान्त्रिक खेमाकै हुन् ।

यस्तो खालको निम्छरो राजनीति खेल्ने कांग्रेसमा कुनै वेला एकजना नेताले टिप्पणी गरेका थिए– जब गिरिजाप्रसाद कोइरालाको देहावशान भयो त्यतिवेला अब कांग्रेसमा नेतै छैनन् । पक्कै पनि कांग्रेसमा नेता नभएको भान हुन्छ । सहमति, सहकार्यको राजनीति कांग्रेसले चाहेकै हो भने दलभित्रैबाट राष्ट्रपति खोजिनुपर्दछ । त्यो व्यक्ति पशुपतिशमशेर राणा हुन सक्छन् । राणाले नेपाली राजनीति, लोकतन्त्रलाई योगदान गरेकै छन् । सुवास नेम्वाङ वामपन्थी खेमाका भएकाले नेपाली कांग्रेसलाई अमान्य हुनसक्ला । तर, राणा लोकतान्त्रिक खेमाकै हुन् । जो कांग्रेसको लागि पनि अस्वीकार्य नहुन सक्छ । जसले गर्दा पशुपतिशमशेर राणाको पक्षमा राष्ट्रिय सहमति जुट्न पनि सक्छ ।

हामीले देशको संवैधानिक पदहरुमा समावेशिता अपनाएकै हो विगतमा । मधेसीबाट दुई-दुइ जना राष्ट्रपति र उपराष्ट्रपति बनाएकै हो, जनजातिबाट सभामुख । के देख्यौं भने मधेसीबाट राष्ट्रपति र उपराष्ट्रपति हुँदा झन मधेसमा विद्रोह, हड्ताल, बन्द र तोडफोड हुन पुग्यो । मधेसी पार्टीहरु टुक्रिने, आपसमा लड्न पुगे । पदहरुमा जनजाति, मधेसी, दलित पुराएर हुँदो रहेनछ भन्ने बुझ्यौं । राष्ट्रपतिमा महिला हुँदैमा सभामुख र प्रधानन्यायाधीशमा महिला हुँदैमा महिलाका मुद्दा सम्बोधन हुँदो रहेनछ, पीडित महिलाहरुले न्याय पाउने रहेनछन् भन्ने देख्यौं ।

त्यसैले अबको राष्ट्रपति राजनीतिको लामो अनुभव भएको, मानिएका व्यक्ति नै उपयुक्त पात्र हुन सक्छन् । जुन अघि दुई नाम लिइएको छ, पशुपति शमशेर राणा र सुवास नेम्वाङ । यी दुई नै देशको राष्ट्रपतिका लागि उपयुक्त पात्र हुन सक्छन् । नेपाली राजनीतिमा दुबैको योगदान छ ।


प्रतिक्रिया

2 thoughts on “भावी राष्ट्रपतिमा पशुपतिशमशेर राणालाई किन चयन नगर्ने ?

  1. राष्ट्रीयपति यो देशमा नाम को मात्र हुने देखिंयो। चलाउने गाई गोरू जस्तो नाक मा डोरी हालेर अपवित्र बनाउने दलीय दुष्ट को गिद्ध दृष्टि ले मुलूकलाई दुर्घटना गर्या छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *