रामचन्द्रको प्रष्टोक्ति- ओलीले हाइज्याक गरेको गठबन्धन फर्काउन प्रचण्डलाई विश्वासको मत – Nepal Press

रामचन्द्रको प्रष्टोक्ति- ओलीले हाइज्याक गरेको गठबन्धन फर्काउन प्रचण्डलाई विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट हाइज्याक भएको गठबन्धन पूरानै ठाउँमा फर्काउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले विश्वासको मत दिनुको कारण खुलाउँदै भने, ‘हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो । विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं ।’

गठबन्धनका संयोजक केपी शर्मा ओलीले संसद विघटनको बचाउ गरेको भन्दै पौडेलले त्यसबाटै हाइज्याक भएको गठबन्धन फर्किने आशा व्यक्त गरे । उनले प्रचण्डलाई विश्वासको मत दिएपछि आफूले ढुक्क महसुस गरेको समेत बताए ।


प्रतिक्रिया

2 thoughts on “रामचन्द्रको प्रष्टोक्ति- ओलीले हाइज्याक गरेको गठबन्धन फर्काउन प्रचण्डलाई विश्वासको मत

  1. चरम पदलोलुप काँग्रेसको कारण टुटेको हो तिम्रो परमादेशी गठबन्धन । एमालेले हाईज्याक गर्यो भन्नू तिम्रो नपुंसकता हो ।

  2. आफुलाई सम्पुर्ण रुपमा समाप्त गरेर काङ्रेसलाई सरकार र देश जिम्मा लगाउन तयार नभएको र त्यो अवसर प्रचन्डले गुमाएकोले त्यो मौका फेरी दिन काङ्रेस लतारिएर लागेको हो, प्रचन्डलाई जोगाउने अपराध गर्ने ओलीलाई ठेगान लगाउने ‘ओली त्रास—ओली कवच’ को अर्को रुप काङ्रेसले बुन्न थालेको हो ::: यो पो देखियो त !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर