ऐन ल्याएर रेशम चौधरीलाई छुटाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता – Nepal Press

ऐन ल्याएर रेशम चौधरीलाई छुटाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक ऐन ल्याएर रेशम चौधरीलाई छुटाउन सरकारले पहल गर्ने बताएका छन् ।

उनले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । ‘यो कानूनको विषयमा पनि हो । अदालतमा मुद्दा पनि छ, मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा रेशमजीलाई भेटेर पनि भनेको थिएँ उहाँ र उहाँ जस्तै साथीहरुलाई छुटाउने भनेर भनेको थिएँ’, उनले भने, ‘अब संसदबाटै आवश्यक विधेयक, ऐन ल्याएर रेशमसहित उहाँजस्तै बन्दी रहेकाहरुलाई छुटाउन सरकारले पहल गर्नेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर