चित्रबहादुरको आरोप- विगतका गल्ती छोप्न र चुनावी खर्च उठाउन सबै एकजुट भए (भिडिओ) – Nepal Press

चित्रबहादुरको आरोप- विगतका गल्ती छोप्न र चुनावी खर्च उठाउन सबै एकजुट भए (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थामा प्रतिपक्ष हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मैले बुझेको संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ । आज त विचित्र भयो । सबैले सरकारलाई समर्थन गर्ने भनेपछि यहाँभन्दा हाइसञ्चो सत्तापक्षलाई के होला ? यो कुन किसिमको समर्थन हो मैले बुझ्न सकेको छैन ।’

प्रतिपक्षले पनि समर्थन गरेपछि संसदमा सत्तापक्षको स्वर ठूलो भएको टिप्पणी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै नेता केसीले भने, ‘संविधानमा व्यवस्था नै नभएको संसद विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक हक अधिकारी हो भन्दा मलाई अप्ठ्यारो पर्‍यो । मैले बुझेको संसदमा बलियो प्रतिपक्ष हुन्छ । त्यसो नभएर सरकार निरंकुश हुन्छ ।’

सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने र त्यहीमाथि लडेर एउटालाई पन्छाएर अर्को सरकारमा आउने खेल चलिरहेको बताए ।

उनले आज संसदमा देखिएको दृष्य डरलाग्दो भएको बताए । चुनावमा बोरामा लगेर खर्च गरेको पैसा सत्तामा गएर दुरुपयोग गरेर उठाउने नीति दलहरूले अख्तियार गरेको आरोप लगाए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएपनि कार्यान्वयनमा हुनेमा शंका व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर