प्रदेश १ सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, बाबुरामको एकल मनोनयन – Nepal Press

प्रदेश १ सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, बाबुरामको एकल मनोनयन

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादीका प्रदेशसभा सदस्य बाबुराम गौतमको एकल मनोनयन दर्ता भएको छ । सत्ता साझेदार दलहरुको तर्फबाट गौतमले सभामुखमा मनोनयन दर्ता गरेका हुन् ।

गाैतमकाे उम्मेदवारीमा एमालेका रेवतीरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक तथा राप्रपाका गोपाल विश्वकर्मा समर्थक रहेका छन् ।

नेपाली काङ्ग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने भएको छ । काङ्ग्रेस संसदीय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको काङ्ग्रेस संसदीय दलका नेता उद्वब थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *