प्रदेश १ मा सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक, बाबुराम गौतम पक्का – Nepal Press

प्रदेश १ मा सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक, बाबुराम गौतम पक्का

विराटनगर । प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिकाअनुसार आज ३ बजेदेखि ५ बजे सम्म सभामुखका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । ५ बजे मनोनयन दर्ता भएका उमेद्वारको नामावाली टाँस गरिनेछ ।

उम्मेदवारउपरको दाबी विरोध गर्ने, त्यसमाथिको छानबिन र अन्तिम नामावाली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन भने २८ गते गर्ने कार्यतालिका रहेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले बताए ।

यसैबीच सत्ता गठबन्धनका तर्फबाट बाबुराम गौतमलाई प्रदेश १ को सभामुखको रूपमा अघि सार्ने निर्णय गरेको छ । उनी माओवादीका तर्फबाट ओखलढुंगाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सत्ता साझेदार दलहरूका बीचमा पद बाँडफाँट गर्दा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको छ । उप सभामुख भने एमाललेले पाएको छ । भागबण्डाका आधारमा सत्तागठबन्धनले गौतमलाई अघि सारेको एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

गौतम नै सभामुखको उम्मेदवा बनेको खण्डमा उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ गरी ६० सांसदको समर्थन प्राप्त हुनेछ । ९३ जना सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने सभामुखको उम्मेदवार छुट्टै उठाउने कि संयुक्त भन्ने विषयमा टुंगो लागेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *