बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर – Nepal Press

बलिउड अभिनेता विवेक ओबरोय नेपालमा, बच्चालाई पशुपति र लुम्बिनी घुमाउने रहर

काठमाडाैं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आएका छन् । परिवारसहित नेपाल आएका ओबरोय आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएका हुन।

ओबरोयको बुवाआमा पहिला नेपाल आएता पनि उनी भने पहिलो पटक नेपाल आएका हुन। नेपाल आउने रहर पहिलै भएता पनि अहिले समय जुरेकाले आफू परिवारसँगै आएको उनको भनाई छ। उनी नेपाल र भारत उस्ता उस्तै लाग्ने बताउँदै आफ्ना बच्चाहरूलाई पवित्र स्थल पशुपति र लुम्बिनी घुमाउने अठोटले नेपाल आएको बताउँछन्।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय नेपाल बसिन्जेल सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको ठाउँहरू भ्रमण गर्नेछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर