भोलिदेखि निर्वाचन आचारसंहिता खारेज – Nepal Press

भोलिदेखि निर्वाचन आचारसंहिता खारेज

काठमाडौं । गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता मंसिर २६ गते अर्थात भोलिदेखि निष्क्रिय हुने भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले भोलिदेखि आचारसंहिता लागू नरहने निर्णय गरेसँगै निष्क्रिय भएको हो ।

उक्त निर्णयबारे निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायलाई जानकारी पनि गराएको छ ।

सरकारको गत साउन १९ गतेको निर्णय प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम मंसिर ४ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर