बलीप्रथा त्याग्दै घण्टी बाँधेर छाडियो बोकालाई ! (तस्बिरहरु) – Nepal Press

बलीप्रथा त्याग्दै घण्टी बाँधेर छाडियो बोकालाई ! (तस्बिरहरु)

काठमाडौं । काभ्रेको पनौती–कुशादेवी क्षेत्रका आचार्य बन्धुहरुले कूल पूजाको क्रममा बली नदिने निर्णय गरेका छन् । अघिल्लो वर्ष नै धान्यपूर्णीमामा हुनुपर्ने कूल पूजाका लागि किनिएको बोकालाई उक्त समयमा सुतक परेका कारण कूल पूजा रोकिएपछि बलि दिइएन ।

सोही बोकालाई जेठमा बलि दिने तयारी हुँदै गर्दा जुठो परेकाले पुनः कूल पूजा रोकियो । आज कूल पूजाको क्रममा बलि दिन पनौती ६ मा रहेको मन्दिरमा लगिएको बोकालाई बली नदिई घण्टी बाँधेर छाडिएको छ ।

उक्त क्षेत्रका १५० भन्दा बढी घरधुरी आचार्य बन्धुहरुले अबदेखि कूल पूजामा बलि नदिने र नरिवल चढाउने निर्णय गर्दै बोकाको घाँटीमा घण्टी बाँधेर छाडिदिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *