क्यानडामा इच्छा मृत्यु रोज्नेको संख्या बढ्दो, एक वर्षमा १० हजार बढीले गरे आत्महत्या – Nepal Press

क्यानडामा इच्छा मृत्यु रोज्नेको संख्या बढ्दो, एक वर्षमा १० हजार बढीले गरे आत्महत्या

काठमाडौं । इच्छा मृत्युको प्रावधानले वैधानिकता पाएसँगै क्यानडामा आत्महत्या गर्ने मानिसहरुको संख्या बढ्दै जान थालेको छ । अन्तर्राष्टिय संचारमाध्यमहरुका अनुसार गत वर्ष मात्र क्यानडामा १० हजार भन्दा बढी मानिसले इच्छा मृत्यु प्रावधान अन्तर्गत आत्महत्याको गरेका छन् ।

क्यानडामा २०२३ को मार्चदेखि मानसिक रुपमा अस्वस्थ्य रहेका र नाबालिगहरुले समेत इच्छा मृत्यु रोज्न सक्ने कानुन लागू हुँदै छ । इच्छा मृत्यु रोज्नेहरुको संख्यामा बढोत्तरी भएसँगै ‘द डीप प्लेस अ मेमोयर अफ इलनेस एन्ड डिस्कवरी’का लेखक रस डाउथटले यस किसिमको प्रावधानले असल नागरिक समाजको नभई आतंकित समाजको निर्माण हुने टिप्पणी समेत गरेका छन् ।

अन्तर्राष्टिय संचारमाध्यम एसोसिएट प्रेसकर्मी मरिया चेगको एक रिपोर्ट अनुसार हाल क्यानडामा आर्थिक समस्यामा रहेका नागरिकहरुलाई समेत स्वास्थ्यकर्मीहरुले इच्छा मृत्युको सुझाव दिइरहेका छन् ।

डाउथका अनुसार यस किसिममा सुझावले मानव समुदायनै संकटमा पर्न सक्ने अवस्थाको सिर्जना हुन सक्ने प्रबल सम्भावना रहेको छ । ‘यो अत्यन्तै विनाशकारी सुझाव यसलाई प्रोत्साहन गर्ने हो भने मानिसहरुलाई बाच्नु भन्दा मर्नु उत्तम विकल्प हो भन्ने मानसिकता विकास हुन्छ, यसले सिङ्गो मानव समुदायलाई नै धरासायी बनाउँछ ।’उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर