विश्वकपः समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हार्‍याे ब्राजिल, स्वीट्जरल्यान्ड नकआउट चरणमा – Nepal Press

विश्वकपः समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हार्‍याे ब्राजिल, स्वीट्जरल्यान्ड नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्व नम्बर १ ब्राजिल क्यामरुनसँग पराजित भएको छ ।

क्यामरुनसँग पराजित भएपनि ब्राजिल एक खेल अगावै लगातार दुई खेल जितेर नकआउट चरण प्रवेश गरिसकेको छ । तीन खेलमा ६ अंक जोड्दै ब्राजिल समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको हो ।

खेलको ९० मिनेट गोलरहित बराबरी भएपनि इन्जुरी समयको दोस्रो मिनेटमा क्यामरुनका भिनसेन्ट एबोउबाकेरले गोल गर्दै क्यामरुनको जित शुनिस्चित गरेका थिए ।

तर, गोल गरेको एक मिनेट नबित्दै उनी दोहोरो एल्लो कार्ड बेहोर्दै मैदान बाहिरिए । उनको उघ्र सेलिब्रेसन शैली प्रति असन्तुष्ट रेफ्रिले भिनलेनटलाई एल्लो कार्ड देखाएका थिए ।

यस्तै, समूह ‘जी’को अर्को खेलमा सर्बियामाथि नाटकीय जित दर्ता गर्दै स्विजरल्यान्ड अन्तिम १६ पुगेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको स्विट्जरल्यान्ड ब्राजिल सँग समान ६ अंक भएपनि गोल अन्तरमा पछाडी रहँदै समूह उपविजेता बन्यो ।

अन्तिम १६मा ब्राजिलले दक्षिण कोरियासँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । यस्तै, स्विजरल्यान्डले बुधबार पोर्चुगलको समना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *