समानुपातिकतर्फ प्रदेश र प्रतिनिधिसभामा कुन पार्टीले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित) – Nepal Press

समानुपातिकतर्फ प्रदेश र प्रतिनिधिसभामा कुन पार्टीले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

एमालेले २० करोड २० लाख खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई निर्वाचन खर्चको अधिकतम सीमा तोकेको हो । बन्दसूचीमा कायम भएको उम्मेदवारको संख्याको आधारमा आयोगले निर्वाचन खर्चको अधिकतम सिमा तोकेको हो ।

आयोगका अनुसार प्रदेश एकमा सबैभन्दा धेरै नेकपा (एमाले) र नेपाली काँग्रेसले बराबर ३७ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका कारण दुबै पार्टीले नै बराबर ५५ लाख ५० हजारका दरले निर्वाच्न खर्च गर्न पाउनेछन् । मधेश प्रदेशमा भने नेकपा (एमाले)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बराबर ४३ जना उम्मेदवारको नाम बन्दसूच्ीमा पेश गरेका कारण दुबै पार्टीले नै सबैभन्दा बढी ६१ लाख ५० हजार निर्वाचन खर्च गर्न पाउनेछन् ।

बागमती प्रदेशमा पनि नेकपा (एमाले) र नेपाली काँग्रेसले बराबर ४४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका कारण दुबै पार्टीले बराबर सबैभन्दा बढी ६६ लाख खर्च गर्न पाउनेछन् । गण्डकी प्रदेशमा नेकपा (एमाले), नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बराबर २४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका कारण तीन वटै पार्टीले बराबर सबैभन्दा बढी ३६ लाख निर्वाचन खर्च गर्न पाउनेछन् ।

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले मात्रै सबैभन्दा धेरै ३५ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका कारण उसले नै सबैभन्दा धेरै ५२ लाख ५० हजार निर्वाचन खर्च गर्न पाउनेछ । कर्णाली प्रदेशमा भने नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बराबर १६ जना उम्मेदवारको नाम बन्दसूचीमा पेश गरेका कारण यी ५ वटै पार्टीले सबैभन्दा बढी २४ लाख निर्वाचन खर्च गर्न पाउनेछन् ।

र सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँगेस (बीपी) र मौलिक जरोकिलो पार्टीले बराबर २१ जना उम्मेदवारको नामावबली बन्दसूचीमा पेश गरेका कारण ती ६ वटै पार्टीले सबैभन्दा बढी ३१ लाख ५० हजार निर्वाचन खर्च गर्न पाउनेछन् ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ कुन पार्टीले कति खर्च गर्न पाउँछन् ?


प्रदेशसभाको समानुपातिकतर्फ कुन प्रदेशमा कुन पार्टीले कति खर्च गर्न पाउँछन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *