सत्ताको राजनीति नगर्ने भन्दै राप्रपाले ल्यायो ‘स्मार्ट घोषणापत्र’ (पूर्णपाठ) – Nepal Press

सत्ताको राजनीति नगर्ने भन्दै राप्रपाले ल्यायो ‘स्मार्ट घोषणापत्र’ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमका बिच राप्रपा अध्यक्ष राजन्द्र लिङदेनले ‘स्मार्ट घोषणापत्र’ सार्वजनिक गरेका हुन् ।

सत्ताको राजनीति नगर्ने उद्घोषसहित लिङदेनले अन्य पार्टीहरूभन्दा भिन्न तरिकाले पावरप्वाइन्ट भर्सनमा बुँदागत टिपोट गरिएको छरितो घोषणापत्र ल्याएका छन् । राप्रपाको घोषणापत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिइएको छ भने २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ ।

राप्रपाले देशको अभिभावकीय भूमिकामा राजा रहनुपर्ने तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने गरी शासकीय व्यवस्थाको वकालत गरेको छ । पूर्णसमानुपातिक संसदको पक्षमा उभिएको राप्रपाले प्रदेशको खारेजी गर्नुपर्ने पक्षमा पनि आफूलाई उभ्याएको छ ।

हेर्नुस् राप्रपाको चुनावी घोषणापत्रको पूर्णपाठ –

तस्बिरहरु : उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर