एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्टाउने र राजतन्त्र पुनःस्थापना गर्ने हाे: प्रचण्ड – Nepal Press

एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्टाउने र राजतन्त्र पुनःस्थापना गर्ने हाे: प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने र राजतन्त्र पुनःस्थापना गर्ने रहेको बताएका छन् ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका हुन् ।

‘हाम्रो गठबन्धन विशिष्ट परिस्थितिमा ठूलो संकटबीच बनेको हो । सबै उपलब्धिहरु धारापमा थियो । लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन गठबन्धन भएको हो’, प्रचण्डले भने, ‘यो पटक हाम्रो मुख्य मुद्दा संविधानको रक्षा, स्थिरता र विकास हो ।’

उनले एमाले नेतृत्वको गठबन्धनको आफ्नै विचार रहेको औंल्याउँदै भने, ‘गणतन्त्र उल्टाउने योजना छ । राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य राखेकाहरुको गठबन्धन छ ।’

सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन उनले आह्वान गरे । ‘गठबन्धनलाई विजयी गराउनु भनेको संविधान र लोकतन्त्रलाई जिताउन हो’, उनले भने ।

प्रचण्डले गठबन्धन विजयी भएपछि हामी आर्थिक क्रान्तितर्फ लाग्ने बताए ।

‘निर्वाचनको अभियानको दौरान आर्थिक विकास र समृद्धिको लागि देशमा रोजगारी सिर्जना गरिनेछ भन्ने कुरा जनतालाई बुझाउनु छ’, उनले थपे, ‘प्रतिगमनको खतरा रोक्नु छ । विस्तृत शान्ति सम्झौता गर्दा मैले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हटौडामा भोट हाल्नु भएको हो । माधव नेपाल त्यो वेला एमाले अध्यक्ष नभएर केपी ओली अध्यक्ष भएको भए देशलाई त्यो वेला नै दुर्घटनामा पार्ने थिए ।’


प्रतिक्रिया

3 thoughts on “एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्टाउने र राजतन्त्र पुनःस्थापना गर्ने हाे: प्रचण्ड

  1. तिमी हरु जस्तो फटाहा लुटेरा अरु को गणतन्त्र काम छैन।

  2. सवै मिलेर देश विकास गर्ने याेजना ल्याउनु कमरेड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर