देउवाको निर्देशन- मैले गएको चुनावमा ‘हँसिया हथौडा’मा भोट हालिसकें, जे छ त्यसैमा हाल्नू (भिडिओ) – Nepal Press

देउवाको निर्देशन- मैले गएको चुनावमा ‘हँसिया हथौडा’मा भोट हालिसकें, जे छ त्यसैमा हाल्नू (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले स्थानीय तह निर्वाचनमै माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आगामी चुनावमा गठबन्धन दलमा भागबण्डा गर्दा जुन-जुन पार्टी परेका छन् तिनलाई नै भोट हाल्न निर्देशन दिएका हुन् ।

नेता-कार्यकर्तालाई निर्देशन दिँदै देउवाले भने, ‘मैले त गएको स्थानीय तह निर्वाचनमै हँसिया हथौडामा भोट हालिसकेँ, फेरि आउने चुनावमा हाल्दैछु । रुख भएको ठाउँमा रुखमै भोट हाल्ने हो, नभएको ठाउँमा हँसिया हथौडा, कलममा हाल्ने हो । यति गरे भइहाल्यो नि !’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक गठबन्धन दलमा ‘भोट ट्रान्फर’ हुन समस्या हुनसक्ने आशंका व्यक्त गरेपछि देउवाले आफ्ना कार्यकर्तालाई गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।


प्रतिक्रिया

One thought on “देउवाको निर्देशन- मैले गएको चुनावमा ‘हँसिया हथौडा’मा भोट हालिसकें, जे छ त्यसैमा हाल्नू (भिडिओ)

  1. प्रधानमनत्री पाए यिनले जे मा पनि छाप हान्छन् । नपाए संसद विघटन, राजालाइ सुम्पने सबै काम गर्छन् । नेपालको रोग के हो भने केही नगर्ने र विकृतिका वाहक देउवा घुमिफिरी प्रधानमन्त्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर