अग्रगमनका लागि गठबन्धन बनाएका हौँ : पम्फा भुसाल – Nepal Press

अग्रगमनका लागि गठबन्धन बनाएका हौँ : पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले अग्रगमनका लागि गठबन्धन बनाएको बताएकी छन् ।

ललितपुर आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीको कारणले समाजवादमा जाने संकल्पमा धक्का लागेको आरोप लगाइन् ।

उनले भने, ‘हामी समाजवादमा जाने संकल्पको साथ अगाडि बढेका थियौँ । तर, संविधान र व्यवस्थामाथि नै खतरा परेपछि त्यसको विरुद्ध हामी सडक र न्यायपालिकाको ढोकामा पुग्न बाध्य भयौँ । त्यही परिस्थितिमा अग्रगमनका लागि गठबन्धन बनाएका हौँ ।’

आर्थिक समृद्धिका साथै जनताको जीवनस्तरमा समेत आफूहरूले सुधार गरेका बताइन् ।

जनताबाट अनुमोदित भएर जनताको समस्या समाधान गर्न लाग्ने उनको भनाइ छ ।

उनले ललितपुरको सम्पूर्ण क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता समेत जाहेर गरिन् । उनी ललितपुर ३ की गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।


प्रतिक्रिया

One thought on “अग्रगमनका लागि गठबन्धन बनाएका हौँ : पम्फा भुसाल

  1. पैसा लिदै विद्युत आयोजनाको लाईसेन्स बाँडन गठबन्धन बनाएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर