ओलीकै कारण गठबन्धनको अवसर मिल्यो : उदयशमशेर राणा – Nepal Press

ओलीकै कारण गठबन्धनको अवसर मिल्यो : उदयशमशेर राणा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा ललितपुर १ का उम्मेदवार उदयशमशेर राणाले आर्थिक क्रान्तिका लागि गठबन्धनले दुईतिहाइ बहुमत ल्याउनुपर्ने बताएका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘आर्थिक क्रान्ति गर्नका लागि गठबन्धनले दुईतिहाइ ल्याउनुपर्छ । वाम लोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि देशमा आर्थिक समृद्धि ल्याउँछौँ ।’

उनले एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनले झण्डै दुईतिहाइनजिकको मत पाउँदासमेत काम गर्न नसकेको टिप्पणी गरे ।

उनले भने, ‘उहाँले विपक्षी पार्टीमात्रै होइन । आफ्नो विरोध गर्ने नेताहरूलाई समेत पार्टीमा पनि बस्न दिनुभएन । उहाँकै कारणले हामी एक ठाउँमा हुने अवसर प्राप्त गरेका छौँ । धन्यवाद छ ।’

स्थानीय निर्वाचनमा केही कमजोरी भएपनि सबै पार्टीलाई फाइदा भएको राणाको भनाइ छ । सबै एकजुट भएर लाग्न सके ललितपुरका ३ वटै क्षेत्र जित्नसक्ने दाबी गर्दै उनले एमालेका नेताहरूले भ्रम छर्न लागिपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर