बागी उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दियो कात्तिक ४ गतेसम्मको माैका – Nepal Press

बागी उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दियो कात्तिक ४ गतेसम्मको माैका

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय बनाउन समय थप गरेको छ ।

यसअघि आजसम्म समय दिएको कांग्रेसले कात्तिक ४ गतेसम्म समय थप गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

असोज २६ गतेभित्र फिर्ता नलिएकाहरुले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन प्रतिवद्धतासहित कात्तिक ४ गतेभित्र सार्वज्निक वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराएमा पार्टीले कारबाही नगर्ने विज्ञप्तिमा उल्लेछ ।

विज्ञप्तिः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *