फेरियाे कांग्रेसको अडान- आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्न नदिने – Nepal Press

फेरियाे कांग्रेसको अडान- आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्न नदिने

काठमाडौं । सभामुख देवराज घिमिरले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग छलफल गरेका छन् । कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन ।

नेताहरु उठेर आआफ्ना शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । यसपछि पुनः बैठक बस्ने र त्यसपछि कार्यव्यवस्था बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर