…जब माधव नेपाललाई प्रधानमन्त्री देउवासँग बस्न दिइएन (भिडिओ) – Nepal Press

…जब माधव नेपाललाई प्रधानमन्त्री देउवासँग बस्न दिइएन (भिडिओ)

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले काठमाडौंमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।

कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी छन् ।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा र प्रचण्ड पहिले नै पुगेका थिए । कार्यक्रम चलिरहेको बेलामा पुगे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगे ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री देउवा हुन् भने, कार्यक्रम चल्दै गर्दा पुगेका अध्यक्ष नेपाललाई विशिष्ट अतिथि बनाइयो । प्रधानमन्त्री देउवा भएको सोफामा बस्न गए । तर, त्यहाँ उनलाई बस्न दिइएन ।

माधवलाई देउवा छेउमा बस्न लाग्दा सेक्युरिटीले उनलाई प्रचण्ड भएको सोफामा बस्न आग्रह गरे । उनी उतै गए ।

प्रचण्ड बसेको सोफामा बस्न पुगेका नेपालाई फेरि देउवाले यतै आउनू भनेर बोलाए । प्रचण्डसँग बस्न पुगिसकेका अध्यक्ष नेपाल देउवाले बोलाएपछि फेरि हाँस्दै देउवा छेउमा गए बसे ।

अहिले गठबन्धनको प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।

 


प्रतिक्रिया

One thought on “…जब माधव नेपाललाई प्रधानमन्त्री देउवासँग बस्न दिइएन (भिडिओ)

  1. देश बेची खाने काे कुनै पनि काम छैन। किन भने जब जनता लाई दुःख पर्यो कोरोना भाइरस तथा डेङ्गु,vogmari लगायत विभिन्न प्रकार समस्या ले सताउँदा हराएको सरकार अहिले चुनाव चलिरहेको बेला देश विकास काे लागी बजेट कार्यान्वयन तथा बाम गठबंधन। पाटी गठबंधन मा सक्रिय रहेको देखिन्छ। थुक्क साला जोले सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर