निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारीलाई तुरुन्तै कारबाही गर्न आयोगको निर्देशन – Nepal Press

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारीलाई तुरुन्तै कारबाही गर्न आयोगको निर्देशन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सम्बन्धित कार्यालय प्रमुखहरुलाई आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।

कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन २०७३ बजोजिम आयोग सचिवालयले कारबाही प्रारम्भ गर्ने आयोगले चेतावनी दिएको छ ।

यस्तै, आयोगले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

 


प्रतिक्रिया

One thought on “निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारीलाई तुरुन्तै कारबाही गर्न आयोगको निर्देशन

  1. जन प्रतिनिधिलाइ के हुन्छ नि ? हम्रातिर त जनप्रतिनिधिहरु झन उग्र भाका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर