मालपोत कार्यालय सुर्खेतमा आगलागी – Nepal Press

मालपोत कार्यालय सुर्खेतमा आगलागी

सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको हो ।

आगलागी हुँदा स्टोरका दराज एक थान, एक मोटसाइकल, दुइटा जेनेरेटर, कुर्सी-टेवुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षति पुगेको प्रहरीले छ ।

आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठाहरुमा फैलिन नपाएको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *