शंकर पोखरेल भन्छन्- नयाँ समीकरणले पनि देशलाई चमत्कार गर्छ भन्ने विश्वास छैन (भिडिओ) – Nepal Press

शंकर पोखरेल भन्छन्- नयाँ समीकरणले पनि देशलाई चमत्कार गर्छ भन्ने विश्वास छैन (भिडिओ)

रास्वपालक्षित टिप्पणी- इलामको नतिजाले जान्नेलाई छान्ने भन्नेहरू काम लाग्दैनन् सन्देश दिएकाे छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ समीकरणले अहिले नै देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरुलाई नभएको बताएका छन्। एमाले प्युठान काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै देशको ओरालो यात्रा रोक्न एमाले गठबन्धन भत्काएको जिकिर गरे।

उनले भने, ‘नेपाली समाजमा चरम अराजकताको अवस्था छ, अर्कोतिर नेपालको आर्थिक अवस्था दयनीय अवस्थामा गुज्रिरहेको छ। यही अवस्था लामो समयसम्म गयो भने सम्हाल्न नसक्ने अवस्थामा पुग्छ भन्ने मान्यताको आधारमा मिसन ०८४ भनेर पर्खिएर बस्न हुँदैन, सार्थक हस्तक्षेप गर्नुपर्छ भनेर हामीले एमालेविरुद्ध बनेको गठबन्धनलाई तोड्न सफल भएका छौं। अहिले हाम्रो सहभागीतामा नयाँ समीकरण निर्माण गर्न सफल भएका छौं। र, यो नयाँ समीकरणले अहिले नै देशलाई चमत्कार गर्छ भन्ने विश्वास छैन। हाम्रो विश्वास भनेको मुलुकको ओरालो यात्रालाई रोक्न सकिन्छ भनेर सरकार सहभागी भएका छौं।’

उनले अहिले पनि एमाले अर्जुनदृष्टी मिसन ०८४ नै भएको बताए। उनले थपे, एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नको लागि आआफ्नो क्षेत्रमा जनमत विभाजित गर्ने साना दलहरुलाई विभाजित गर्न नसक्ने अवस्थामा पुर्‍याउनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर