एटलान्टाले जित्यो युरोपा लिगको उपाधि – Nepal Press

एटलान्टाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं ।युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेकाे छ ।

एडेमोला लुकमनले ह्याट्रिक गरेपछि एटलान्टाले फाइनलमा बायर लेभरकुजनलाई ३–० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको छ ।

युरोपमा उपाधि जित्न ६१ वर्ष कुरेको इटालियन क्लब एटलान्टाले ५१ खेलमा अपराजित रहेर इतिहास बनाएको जर्मन च्याम्पियन लेभरकुजनको अनबिटन यात्रामा पूर्णविराम लगाइदियो ।

एटलान्टाको जितमा नाइजेरियाली लुकमनले १२, २६ र ७५ औं मिनेटमा गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर