उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन: मन्त्री भण्डारी – Nepal Press

उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताएका छन् ।

प्रेस चौतारी नेपाल अछामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।

उनले उद्योग र उद्यमशीलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए ।

मन्त्री भण्डारीले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए । उनले भने, “स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढुवा दिने सरकारको नीति पनि हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर