निर्वाचन आयोगद्वारा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)​ – Nepal Press

निर्वाचन आयोगद्वारा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)​

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आयोगले वुधबार मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।

प्रतिनिधिसभातर्फ ११९ जनाले फिर्ता लिएसँगै २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभातर्फ पनि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो ।

प्रतिनिधिसभाका लागि उम्मेदवारहरूकाे सूची:

प्रदेशसभाका लागि उम्मेदवारहरूकाे सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *