नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रनमा आउट – Nepal Press

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रनमा आउट

काठमाडौं । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको छ ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पहिल्याउने क्रममा भुर्तेल १३ रन बनाएर आउट भएका हुन् ।

नाै बलकाे सामना गरेका उनी तीन चाैका प्रहार गर्दै वेस्ट इन्डिजका ओबेड म्याक्वेकाे बलमा आउट भए ।

अहिले आरिफ शेख र अनिल साह क्रिजमा छन् ।

पाँच श्रृंखलाकाे आज अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे । रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए । त्यस्तै अविनाश बाेहाेराले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर